काठमाडौं । विश्वका दुई प्रमुख शक्ति चीन र अमेरिकाबीच होर्मज जलसन्धि खुला राख्ने विषयमा समझदारी बनेको छ।
ह्वाइट हाउसका एक अधिकारीले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै यो संवेदनशील समुद्री मार्ग अवरोधमुक्त राख्न दुवै देश सहमत भएको जानकारी दिएका हुन्।
यसअघि अमेरिका ले इरान माथि दबाब सिर्जना गर्ने क्रममा चीन लाई भूमिका खेल्न सार्वजनिक रूपमा आग्रह गरेको थियो। फेब्रुअरी २८ मा अमेरिका र इजरायल ले इरान माथि आक्रमण गरेपछि यो महत्वपूर्ण जलमार्ग प्रायः प्रभावित हुँदै आएको बताइएको छ।
त्यस्तै, ह्वाइट हाउसका अधिकारीका अनुसार सी जिनपिङ ले होर्मज जलसन्धिलाई सैन्य प्रयोगका लागि प्रयोग गर्ने वा त्यहाँबाट आवागमनमा शुल्क लगाउने प्रयासको चीनले विरोध गर्ने स्पष्ट पारेका छन्।







