सामसङ नेपालले ग्यालेक्सी S26+ मा सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ, जसले ग्राहकहरूलाई अझ बढी बचत र सहज खरिदको विकल्प उपलब्ध गराउनेछ।

प्रिमियम तथा इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरूका लागि डिजाइन गरिएको ग्यालेक्सी S26+ ले सामसङको Plus डिजाइनमार्फत उत्कृष्ट प्रदर्शन, सहज प्रयोग अनुभव तथा नवीन प्रविधिको सन्तुलित संयोजन प्रदान गर्दछ। ग्यालेक्सी S26 सिरिजका प्रमुख मोडेलहरूमध्ये एक रहेको यस स्मार्टफोनले ग्राहकहरूको बदलिँदो आवश्यकता अनुरूप गुणस्तरीय अनुभव प्रदान गर्ने सामसङको प्रतिबद्धता झल्काउँछ।

यस सीमित अवधिको अफरअन्तर्गत ग्यालेक्सी S26+ खरिद गर्ने ग्राहकहरूले रु २३,००० को इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्नेछन्। यससँगै फोनको विशेष अफर मूल्य रु १,८२,९९९ बाट घटेर रु १,५९,९९९ कायम हुनेछ।

यो अफर १९ मेदेखि ३१ जुनसम्म लागू हुनेछ।

खरिद प्रक्रियालाई अझ सहज बनाउन सामसङ नेपालले HFL मार्फत Insta Finance को सहयोगमा २४ महिनासम्मको सजिलो EMI सुविधा पनि उपलब्ध गराएको छ। यस योजनाअन्तर्गत मासिक किस्ता रु ४,३४१ बाट सुरु हुनेछ। ग्राहकहरूले आवश्यक प्रमाणीकरणका लागि नागरिकता पेश गरेर यो सुविधा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।