काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस अवधिमा १६ करोड १० लाख खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा २० प्रतिशतले बढी हो ।
४ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ६९ करोड ६४ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३६ करोड ८१ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब १३ करोड १० लाख रुपैयाँ थियो ।
यस अवधिसम्ममा कम्पनीले १ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७४ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीले ४७ करोड ४६ लाख खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी बढी हो ।
यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत २२ करोड ९६ लाख रुपैयाँ खर्च गरेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ १३ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ११९ रुपैयाँ १३ पैसा रहेको छ । मुल्य आम्दमनी अनुपात ७७.३२ गुणा रहेको छ