काठमाडौं । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वृद्धि हुने अनुमान गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सर्वेक्षण प्रस्तुत गर्दै उनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण पनि सार्वजनिक गरे।
त्यस्तै, प्रतिव्यक्ति खर्चयोग्य आय २ हजार ४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।






