काठमाडौं । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित ‘जुत्ता चप्पल व्यापार मेला २०८०’ आयोजना हुने भएको छ । मेला संयोजक होमनाथ उपाध्यायले आज एक विज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।

नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पुर्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ देशका प्रमुख सहरहरुमा विभिन्न खालका मेला महोत्सव आयोजना हुन लागेको हो ।

मेला असोज १० गते देखि कार्तिक ३ गते सम्म वागमत्ति प्रदेश ललितपुर जिल्लाको प्रमुख सांस्कृतिक सहर ललितपुर महानगरपालिका अन्तर्गत जाउलाखेल खेल मैदानमा हुनेछ ।

बडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० विभिन्न सञ्चार माध्यम मार्फत आम उपभोक्ताहरुलाई जानकारी गराउने र प्रचार प्रसार गराउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

‘नेपालको आर्थिक अवस्था यतिवेला सकारात्मक छैन । आर्थिक मन्दी र वैकहरुमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण देशका हरेक क्षेत्रहरु प्रभावित भएका छन् । आर्थिक प्रवाह गर्ने हरेक क्षेत्रहरु यति वेला प्राय निश्कृय छन् । आर्थिक गतिविधिहरु चलायमान हुन सकिरहेको छैन । कृषि, पर्यटन लगायत उत्पादन मुलक औद्योगिक क्षेत्रहरु चरम आर्थिक संकट व्यहोर्न वाध्य छन् । आर्थिक अभावका कारण कतिपय उद्योगहरु धमाधम वन्द हुदैछन् भने उद्योगी व्यावसायीहरुले आत्महत्याको निर्मम बाटो रोज्न थालेका छन् । यस्तो विषम परिस्थितिमा उद्योगी व्यावसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउदै देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त पनि केही न केही गतिविधिहरु निरन्तर गरि रहन आवश्यक हुन्छ । हामी यतिवेला यही अभियानमा लागिरहेका छौं ।’ संयोजक उपाध्यायद्वारा विज्ञप्तीका भनिएको छ ।

त्यस्तै, फुटवेयर क्षेत्रका वारेमा धेरै चर्चा, परिचर्चा, छलफल र वहसहरु निरन्तर भईरहेको उनले बताएका छन् । ‘निरन्तरको छलफल र वहसले यहाँहरुले हामी उद्योगी व्यावसायी जत्तिकै जानकारी र अनुभव प्राप्त गरि सक्नु भएको छ । त्यसैले यो प्रेश नोटमा धेरै चर्चा गरि रहनु, आवश्यक छ जस्तो लाग्दैन । यति भने पुग्छ फुटवेयर क्षेत्र जुत्ता चप्पलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन सक्षम छ । देशको विग्रदो आर्थिक अवस्थालाई सुधार गर्न कतिपय वस्तुहरुको आयातलाई नै प्रतिवन्ध लगाउनु पर्ने अवस्थामा सरकार पुग्दा आयातलाई निरुत्साहित र प्रतिस्थापित गर्दै देशको अर्थ तन्त्रलाई महत्वपुर्ण योगदान पु¥याउन सक्ने र कामको खोजीमा विदेसिन वाध्य नेपाली युवा शक्तिलाई स्वदेशमै रोजगारी उपलव्ध गराउन सक्ने यो क्षेत्रका विभिन्न खाले समस्या र चुनौतिहरु छन् । वैंकको चर्को व्याज दर, अनुभवी तथा अनुशासित श्रमशक्तिको अभाव, अनियन्त्रित चोरी पैठारी, वजारीकरणका समस्या, राजनैतिक अस्थिरताका कारण उत्पन्न हुने नीतिगत समस्या लगायतका चुनौतिहरुको सामना हामी गरि रहेका छौं । हामिलाई सधैं तपाईहरुको साथ र सहयोगको आवश्यकता छ, यसको अपेक्षा हामीले गरिरहेका छौं ।’ विज्ञप्तीमा भनिएको छ ।

स्वदेशी उत्पादनलाई माया गर्ने, स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सवै नेपालीहरुमा हुने हो भने देशमा सवै प्रकारका उद्योगहरु खुल्न सक्ने वातावरण बन्न सक्ने उनले बताएका छन् । यसो गर्दा देश औद्योगिकिकरणको बाटोमा अगाडी बढ्रने र औद्योगिकिकरणको माध्यमबाट मात्र देशलाई सम्वृद्ध बनाउन सकिने उनले बताएका छन् । साथै यसले व्यापक रुपमा रोजगारीका अवसरहरु सिर्जना हुने बताएका छन् ।

यस्ता छन् मेलामा प्राप्त हुने अवसरहरु :

– मेला अवधि २०८० आश्विन १० गते देखि २०८० कार्तिक ३ गते सम्म सञ्चालन हुनेछ ।

– वडादशैं पर्व लक्षित मेला भएकोले नयाँ नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलव्ध हुनेछन् ।

– मेला विहान ९.०० वजे देखि वेलुकी ७.०० वजे सम्म खुल्ला रहनेछ ।

– मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहनेछ ।

– मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुनेछन ।

– मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् ।

– नयां उत्पादनहरु उक्त मेलामा लञ्च गरिने छन् ।

– मेला अवधि भर विषेश छुटको व्यवस्था गरिनेछ । न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइनेछ ।

– मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएकोछ ।

– निःशुल्क प्रवेश ।