काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणको फाइल खोल्न चुनौती दिएका छन् । एमाले बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले झापामा रहेको गिरीबन्धु टि स्टेट्सको फाइल खोल्न सरकारलाई चुनौती दिएका हुन् ।
ओलीले उक्त प्रकरणको फाइल खोलेर हिम्मत भए एमाले नेताहरुलाई जेलमा हाल्न सरकारलाई चुनौती दिए ।
ओलीले भने, ‘प्रधानमन्त्रीले गिरिबन्धुको फाइल खोल्छु भन्नुभयो, गठबन्धनका को–को जेल जान मन छ, जानुस् । हामीलाई फाइलसँग कुनै त्रास छैन, फाइल खोल, कारबाही गर ।’
ओली प्रधानमन्त्री रहेको समयमा झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टासम्बन्धी कानूनी प्रबन्ध तयार भएको थियो ।






