काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः निर्माण गरिएको भवनमा बुधवार कार्यालय उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा पत्र कारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भने, ‘पुरानो संरचनालाई जस्ताको त्यस्तै राखेर बनाइएको छ।’‘सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सारिएको छ। ठाउँ मात्रै सारिएको हैन, कामको प्रकृति पनि नयाँ ढङ्गको हुने छ’,

करिब १२० वर्ष पुरानो भवन हो सिंहदरबार। ५१ करोड हार हारीमा भवनको पुनः निर्माण भएको छ । बल्कोनीसहितको फराकिलो ठाउँ भएकाले कामले गति लिने प्रधानमन्त्री दाहालले विश्वास पनि व्यक्त गरेका छन्।

सहरी विकास मन्त्री सीता गुरुङले गर्छु भन्ने सङ्कल्प भए काम गर्न सकिने बताएकी छिन्। केही समयअघि मुख्यमन्त्रीको सम्पर्क कार्यालय उद्घाटन गरेका छौँ’, मन्त्री गुरुङले भनिन्, ‘सबैको सहयोग भए नयाँ संसद् भवन पनि छिट्टै निर्माण सम्पन्न गर्छौ‌।’

उनले पुनः निर्माण गर्दा पुराना संरचना भत्काउन नपाउने र पुरातत्त्व विभागको निर्देशिकाअनुसार संरचना तयार गरिएको बताइन्। प्रधानमन्त्रीको कार्यकक्षमा सात वटै प्रदेशका पहिचान वा संस्कृति झल्कने गरी पेन्टिङ राखिएको जानकारी दिइन्।