काठमाडौँ । सरकारी दमनपछि हिंसात्मक बनेको जेन्जीको प्रदर्शनले गत भदौ २४ गते सिंहदरबार सहित विभिन्न सरकारी भवनहरूमा तोडफोड तथा आगजनी गर्‍यो । सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा लागेको आगो निभिसकेको छ । तर पाँच दिनपछि पनि दृश्य यथार्थले राजधानीलाई चकित पारिरहेको छ।

गृह मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सेता भित्तामा कालो दाग लागेको छ । यस्तै जलेको धुवाँको गन्ध पनि परिसरभरि फैलिएको छ ।

प्राङ्गणमा पार्क गरिएका सरकारी गाडीका अस्तिपञ्जर मात्र बाँकी छन् ।

पाँच दिन बितिसक्दा पनि यहाँको मौनताले युद्धपछाडिको सुनसान समय सम्झाएको छ । कर्मचारीहरू कार्यालयमा फर्किन थालेका छन् तर मन्त्रालयहरूमा पुरानो रौनक अझै फर्किसकेको छैन । यस्तो लाग्छ कि सिंहदरबारको इतिहासमा यस्तो दाग पहिलो पटक देखिएको छ : कालो, दुर्गन्धमय अनि पीडादायी।

तलको लिंक क्लिक गरेर तस्बिर हेर्न सकिनेछ।

सिंहदरबारभित्र जलेका सवारीसाधन (तस्बिरहरू)