काठमाडौँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा.प्रकाश शरण महतसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेका छन्।
गभर्नर अधिकारीले बिहीबार सो प्रतिवेदन पेस गरेको राष्ट्र बैंकले जनाएको छ। गभर्नर महाप्रसाद अधिकारीले माननीय अर्थमन्त्री डा प्रकाश शरण महतसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ,’ राष्ट्र बैंकले आफ्नो एक्स ह्यान्डलमार्फत जनाएको छ।






