काठमाडौँ। प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले सत्ता समीकरणबिच प्रदेश सिट बाँडफाँटमा कुनै सहमति नभएको प्रस्ट पारेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकमा प्रदेश सिट बाँडफाँटमा दलहरूसँग छलफलमै रहेकाले निष्कर्षमा नपुगेको प्रधानमन्त्रीको ब्रिफिङ रहेको छ ।

बैठकले वैशाख १५ मा हुन लागिएको इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ ९१० मा उम्मेदवारी दिने निर्णय गरेको थियो । तर प्रदेशको सिट बाँडफाँटमा कुनै निर्णय नभएको सचिव दीनानाथ शर्माको भनाई छ ।

बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले भने– ‘प्रदेशको सिट बाँडफाँटमा कुनै निर्णय भएको छैन । अध्यक्षले बिहीबारसम्म टुङ्गो लाग्ने बताउनुभएको छ । यस सम्बन्धमा अर्को बैठकमा निर्णय हुन्छ ।’