काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको चैत २० गते तय भएको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
बैंकले आगामी चैत २० गते सञ्चालन आयोजना हुन लागेको ३७औँ वार्षिक साधारण सभामा प्रस्ताव गरिएको संस्थापक तथा सर्वसाधारण सेयर धनीहरूको निर्वाचन स्थगित भएको हो ।
उक्त सभामा सामान्य प्रस्तावको बुँदा नं. ५ अन्तर्गतको संस्थापक सेयर धनीहरूको तर्फबाट ४ जना र सर्वसाधारण सेयर धनीहरूको तर्फबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव रहेकोमा सर्वोच्च अदालतबाट चैत १८ गते मतदानको कार्य स्थगित भएको हो ।
तर सर्वोच्च अदालतबाट मतदानको कार्य स्थगित गरी यथास्थितिमा राख्नु भनी आइतबार अल्पकालीन अन्तरिम आदेश जारी भएको कारणले हाललाई उक्त निर्वाचन प्रक्रिया स्थगित गरिएको बताइएको छ ।







