काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले पदबाट राजीनामा दिएका छन्। कार्यकाल समाप्त हुने चरणमा रहेका पाण्डे पछिल्लो समय विभिन्न विवाद र अनुसन्धानको घेरामा परेका थिए।

सरकारी स्वामित्वमा रहेको स्मार्ट टेलिकम प्रा.लि. को सम्पत्ति लिलामी प्रक्रियासँग जोडिएका विषयमा उनीमाथि अनुसन्धान भइरहेको सन्दर्भमा उनको राजीनामा आएको हो।

यससँगै बैंकले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको छ। सञ्चालक समितिले हालका डेपुटी सीईओ महेश शर्मा ढकाललाई नयाँ सीईओको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ।