काठमाडौँ।  चालु आवको तेस्रो त्रैमासको अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

कम्पनीको सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा यो नाफा १०९.६५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा २८ करोड ४८ लाख रुपैयाँ रहेको थियो।

कम्पनीले उक्त समयावधिमा १ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको ५५ करोड ६९ लाखको तुलनामा १३८.५५ प्रतिशतले बढी हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी २ करोड ५७ लाख,कमिशन आम्दानी २६ करोड ५८ लाख, लगानी तथा कर्जा आम्दानी ५२ करोड ७३ लाख र अन्य आम्दानी ८६ लाख २३ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीको कुल आम्दानी २ अर्ब १५ करोड र खुद दाबी भुक्तानी ६६ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीले १ अर्ब ३० करोड कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ति कोषको आकार १६ करोड ७४ लाख र रिटेन्ड अर्निङ ७१ करोड २ लाख रुपैयाँ बराबर पुगेको छ ।

कम्पनीको चुक्तापूँजी २अर्ब ८० करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा ४ लाख ७५ हजार रुपैयाँ मात्रैसंचित गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) वृद्धि भएको छ।

कम्पनीको ईपीएस १९.६८ रुपैयाँबाट बढेर २८.३७ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २५४.५९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०५.७० रुपैयाँ कायम भएको छ ।