काठमाडौँ। बैंक तथा वित्तीय प्रणालीमा अधिक मात्रामा तरलता थपिएसँगै आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत बैंकले ७ दिनका लागि उक्त रकम खिच्न लागेको हो ।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले जनाएको छ । निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी असोज २० गते हुनेछ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।