काठमाडौँ । नेपाल राष्ट्र बैंकमा विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । बैंकले रिक्त रहेका विभिन्न पदमा करारमार्फत पूर्ति गर्नुपर्ने भएकोले इच्छुकहरूबाट असोज १८ गतेदेखि कात्तिक २ गतेसम्म अनलाइन दरखास्त आव्हान गरिएको छ ।

केन्द्रीय बैंकले दरखास्तका साथै आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिए‌को अनुभव सुन्ने प्रमाणपत्र तथा अन्य सम्पूर्ण प्रमाणपत्र स्क्यान गरी संलग्न पठाउनुपर्ने बताएको छ ।

राष्ट्र बैंकले झुट्टा विवरण पत्ता गरी दरखास्त फाराम भरेमा उम्मेदवार स्वयं जबाफदेही हुनुपर्ने बताएको छ । राष्ट्र बैंकले दरखास्त दिने अन्तिम मितिमा उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ ।

banaking-news-Notice-Karar-