काठमाडौँ । यस साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । लगानीकर्ताको आत्मबल कमजोर बन्दा बजार दोहोरो अंकले घटेको हो ।
दुई दिन लगातार बढेको बजार आज २४.२७ अंकले घटेर २७५.८७ को विन्दुमा कायम भएको छ। उक्त दिन सबैभन्दा बढी जोशी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ ।
कम्पनीको ३० करोड ३० लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको करोड २९ लाख ५६ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
उक्त दिन आँखुखोला जलविद्युत कम्पनीको २६ करोड ७९ लाख ५४ हजार रुपैंया र सानिमा माई हाइड्रोपावरको १८ करोड ७६ लाख ३० हजार रुपैयाँ कारोबार भएको हो ।






