काठमाडौँ। आज आइतबार साताको पहिलो कारोबारका दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार २१.१२ अंकले घटेर २६०९.५८ को विन्दुमा कायम भएको छ ।

घटेको बजारमा पनि आज सबैभन्दा बढी प्रभु बैंकको सेयर सर्वाधिक कारोबार भएको छ। आज बैंकको २६ करोड १० लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, जानकी फाइनान्सको १६ करोड ९ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ३४ लाख ७८ हजार रुपैंया, एनएलजी इन्स्योरेन्सको १२ करोड १३ लाख २२ हजार रुपैयाँ, रुपैयाँको कारोबार भएको हो ।