hacker phishing scam during coronavirus pandemic cyber security concept

काठमाडौँ । १० महिनामा नेपाल प्रहरीको साइबर ब्यूरोमा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी परेको छ । २०८१ साउन पछि ब्यूरोमा १५ हजार ३७० वटा उजुरी आएको साइबर ब्यूरोले जनाएको छ।

प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाका अनुसार उजुरीमाथि अनुसन्धान गरेर २३९ वटा मुद्दा अदालत पुगेका छन् । अरु उजुरीमाथि अनुसन्धान भैरहेको ब्यूरोले जनाएको छ। कतिपय उजुरी मिलपत्रमा पनि टुंगिने गरेको प्रवक्ता थापाले बताए।