• Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
खाता खोल्नुहोस्
खाता खोल्नुहोस्
स्वागत छ! खाताको लागि दर्ता गर्नुहोस्
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Aarthik Voice
  • Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
Everest Bank Card

ई-गभर्नेन्स ब्लुप्रिन्टः क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा सुझाव

Aarthik voice

Aarthik voice

१० जेष्ठ २०८२, शनिबार १३:३४

230 Shares

facebook sharing button Share twitter sharing button whatsapp sharing button linkedin sharing button messenger sharing button

काठमाडौं । नेपाल सरकारको सार्वजनिक सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१’ मा सूचना प्रविधि क्षेत्रका तीन प्रमुख संस्थाले ४१ बुँदे सुझाव दिएका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ), साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (सीएसआरआई नेपाल) र इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) को प्रतिनिधिमण्डलले शुक्रबार संयुक्त रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूणामणि पौडेललाई सुझावसहितको दस्तावेज बुझाएका हुन् ।

यी संस्थाहरूले ब्लुप्रिन्टलाई डिजिटल नेपाल निर्माणको दिशामा ठोस पहलको रूपमा औँल्याउँदै सुधारका लागि आवश्यक सुझावहरू प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा २०८० वैशाख १७ गते बसेको ई-गभर्नेन्स आयोगको पहिलो बैठकपछि सुरु भएको परामर्श र विश्लेषणपछि तयार पारिएको यस मस्यौदामा मन्त्रालय, स्वायत्त निकाय, विज्ञ र सरोकारवालाको सहभागिता रहेको थियो ।

क्यान महासंघका कार्यवाहक अध्यक्ष एवम् वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले ‘डिजिटल बाइ डिफल्ट’ नीति, सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन र ‘एक नागरिक – एक ड्यासबोर्ड’ अवधारणाले समावेशी डिजिटल भविष्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले साइबर सुरक्षा सुदृढीकरण, डिजिटल साक्षरताको प्रवर्द्धन र एआई तथा ब्लकचेनजस्ता प्रविधिको उपयोगलाई प्राथमिकता दिनुपर्ने बताए ।

सीएसआरआई नेपालका अध्यक्ष डा. शालिग्राम पराजुलीले डिजिटल नेपाल फ्रेमवर्कसँग समन्वयमा सरकारी सेवाको प्रभावकारिता र सहभागिता बढाउन ब्लुप्रिन्टले सहयोग गर्ने बताए । उनले डेटा एक्सचेन्ज प्लेटफर्म मजबुत पार्दै अवधारणागत नक्कल न्यूनीकरण र स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने धारणा राखे ।

इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष डा. राजीव सुब्बाले डेटा सुरक्षालाई प्राथमिकता दिँदै बलियो साइबर सुरक्षा मापदण्ड, प्रभावकारी डेटा संरक्षण नीति र सुरक्षित क्रस-बोर्डर डेटा स्थानान्तरण प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

इन्साइट टेक्नोलोजीका प्रमुख कार्यकारी सुमन शर्माले ब्लुप्रिन्टलाई डिजिटल नेपालको सपना साकार पार्ने दिशामा महत्त्वपूर्ण दस्तावेज भन्दै डिजिटल पूर्वाधार सुदृढीकरणमा जोड दिनुपर्ने धारणा राखे ।

क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले डिजिटल नेपालको परिकल्पना साकार पार्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य भएको उल्लेख गरे ।

सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सचिव पौडेलले ब्लुप्रिन्टलाई अझ प्रभावकारी बनाउन प्राप्त सुझावहरूलाई समावेश गरिने बताउँदै निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१ मा ७ रणनीतिक स्तम्भ, डिजिटल पूर्वाधार सुदृढीकरण, नागरिक केन्द्रित सेवा, मानव स्रोत विकास, नवप्रवर्तन, कानुनी अद्यावधिक, समन्वय र मूल्याङ्कनलगायतका पक्ष समेटिएका छन् ।

ब्लुप्रिन्टले साझा राष्ट्रिय क्लाउड, ग्रामिण इन्टरनेट विस्तार, डिजिटल ड्यासबोर्ड, नागरिक एप, रियल-टाइम प्रतिक्रिया संयन्त्र, हरित सूचना प्रविधि र स्थानीय भाषामा सेवाको प्रयोगसमेत समेटेको छ ।

रूपरेखाका मुख्य विशेषता:

●७ रणनीतिक स्तम्भ: गभर्नेन्स संरचना, कानुनी सुधार, सीप अभिवृद्धि, प्रविधिमा मापदण्ड, कार्यान्वयन अनुगमन, नवप्रवर्तन, र अन्तर्राष्ट्रिय सहकार्य।

●डिजिटल पूर्वाधार सुदृढीकरण: सबै सरकारी सेवा ‘डिजिटल डिफल्ट’ प्रणालीमा रूपान्तरण, साझा राष्ट्रिय क्लाउड, र ग्रामिण क्षेत्रमा इन्टरनेट पहुँच विस्तार।

●नागरिक केन्द्रित सेवा प्रवाह: एक नागरिक – एक ड्यासबोर्ड, नागरिक एपको व्यापक प्रयोग, डिजिटल सुझाव पेटिका, र रियल-टाइम प्रतिक्रिया संयन्त्रको विकास।

●मानव स्रोत र क्षमता विकास: सातै प्रदेशमा डिजिटल साक्षरता अभियान, निजामती सेवामा आईसिटी तालिम, र विश्वविद्यालय तहमा ई-गभर्नेन्स पाठ्यक्रमको समावेशीकरण।

●निजी क्षेत्र र नवप्रवर्तन: स्टार्टअपमैत्री खरिद नीतिहरू, सार्वजनिक-निजी साझेदारी, र एपीआई प्रणाली खोल्ने पहल।

●समन्वय र मूल्याङ्कन: सबै मन्त्रालयमा सूचना प्रविधि शाखा स्थापना, अनलाइन ड्यासबोर्डमार्फत कार्यसम्पादन निगरानी, र एकीकृत फिडब्याक प्रणाली।
थप विशेष पहलहरू:

●कानुनी संरचना अद्यावधिक (जस्तै, इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट २०६३ सुधार)

●हरित सूचना प्रविधि र शून्य-कागज सेवा अभियान

●समावेशी सेवाका लागि स्थानीय भाषाहरू (नेपाल भाष, मैथिली, गुरुङ, मगर आदि) को प्रयोग

●५जी, ब्लकचेन, तथा एआ नीतिसँग समन्वय

ई-गभर्नेन्स रूपरेखा २०८१ को उद्देश्य एक समावेशी, सुरक्षित, नवप्रवर्तनमैत्री र डिजिटल सशक्त नेपाल निर्माण गर्नु हो जहाँ हरेक नागरिकले डिजिटल सेवामा समान पहुँच पाउनेछन्।



एक उत्तर छोड्न उत्तर रद्द

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
तपाईले गलत ईमेल ठेगाना प्रविष्ट गर्नुभएको छ!
कृपया तपाईंको इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्

सम्बन्धित लेखलेखक बढी

क्यान महासंघद्वारा ई-कमर्स निर्देशिका २०८२ का लागि सुझाव पेश : जेल सजाय हटाउन माग

आईसीटी सीप विकासमा योगदान पुर्‍याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित

चिरञ्जीवी अधिकारी सर्वसम्मत रूपमा क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा सरोकारवालासँग छलफल

नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित क्यान महासंघको रणनीतिक योजना

क्यान महासंघले सरकारलाई बुझायो एआई नीति सुधारका लागि रणनीतिक सुझाव

स्पेसल-न्युज

अधिक तरलताको प्रभाव र उचित व्यवस्थापन

नागरिक एपको उपयोगिता बढ्दै, यस्ता छन् फाइदाहरु

आगामी बजेटमा ठूलो जनअपेक्षा, ‘हातमा काम, गोजीमा दाम’ हुने गरी ल्याउन विज्ञको सुझाव

ट्रेड युनियन खारेज गर्दै सरकार, युनियनहरु विरोधमा, विज्ञ भन्छन् “सन्तुलित बाटो रोजौँ”

माछापुच्छ्रे बैंकको खुद नाफा ५०.४३ % ले बढ्यो,वितरणयोग्य मुनाफामा पनि उल्लेख्य वृद्धि

निष्क्रिय तथा खराब कर्जा असुली रणनीति, व्यवस्थापन र समाधानका उपायहरू : निरञ्जन पौडेल

ताजा

  • जथाभावी लिमीट दिने ब्रोकरलाई कारबाही गर्ने नेप्सेको चेतावनी, यस्तो छ सुचना
  • विकल पौडेल दम्पत्ति विरुद्ध ६९ करोड बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर
  • गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र केडिसीमा आकर्षक छुट
  • संगठित अपराध कसुरमा निर्माण व्यवसायी गौली पक्राउ
  • विपक्षी दलहरू सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी
  • छिटो काम गर्न अध्यादेशको बाटो रोज्यौं, सरकारको नियत सफा छ : रास्वपा
  • नेप्से परिसूचक २५.८१ अंकले घट्यो, रिलायन्स स्पिनिङको सर्वाधिक सेयर खरिदबिक्री
  • सरकारलाई कांग्रेस सभापतिको चेतावनी, ‘हेपाहा प्रवृत्ति स्वीकार हुँदैन’

ट्रेन्डिङ

  • गोविन्द पन्थको १४ वर्षे बीमा यात्रा, यस्ता छन् संघर्षदेखि सफलतासम्मका अनुभव
  • सन लाइफ इन्सोरेन्सले ६९औँ सहकारी दिवस अवसरमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन
  • वचन बचत तथा ऋण सहकारीलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त
  • दीपक र सुलभले पुँजी बजारमा यसरी गर्थे चलखेल, सेबोनको रिपोर्टले खोल्यो रहस्य
  • अस्पताल जाने भन्दै घरबाट निस्किएकी महिला ३ दिनदेखि सम्पर्कविहीन
  • कबिर सन्त सत्सङ मन्दिर उद्घाटनसँगै योग साधना वार्षिक उत्सव सम्पन्न
  • यस्ता छन् आजको मन्त्रीपरिषद् बैठकका निर्णयहरु
  • नियो बैंक र भर्चूअल बैंक बीच के फरक छ ?, यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

Facebook Page

Facebook

शेयर

  • जथाभावी लिमीट दिने ब्रोकरलाई कारबाही गर्ने नेप्सेको चेतावनी, यस्तो छ सुचना
  • नेप्से परिसूचक २५.८१ अंकले घट्यो, रिलायन्स स्पिनिङको सर्वाधिक सेयर खरिदबिक्री
  • याम्बालिङ्ग हाइड्रोको आईपीओ खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
  • सेयर बजारमा गिरावट, २१३ कम्पनीको मूल्य घट्यो
  • ग्लोबल आइएमई बैंकको खुद नाफा ४ अर्ब ४० करोड, लाभांश क्षमता १०.५० प्रतिशत
  • पुँजी बजारमा स्थिरता ल्याउन आवश्यक, लगानी भित्र्याउने सरकारको योजना
  • नेप्से उकालो यात्रामा, यी ३ कम्पनीको मूल्य १५ प्रतिशतले बढ्यो
  • अविरल हाईड्रोले आईपीओ निष्कासन गर्ने, कहिले छ साधारण सभा ?

आर्थिक भ्वाइस मिडिया एण्ड रिसर्च प्रा.लि.

सूचना विभाग दर्ता नम्बर:४००४-२०७९/८०

सम्पर्क ठेगाना : अनामनगर, काठमाडौं

फोन : 9851259881

[email protected](for Admin)

[email protected]( for News)

सञ्चालक/सम्पादक:
बिजय फुयाँल

डेक्स:
केशव राज अवस्थी

सल्लाहकार:
ई. प्रवीण अर्याल

सह-सम्पादक:
जसिन्द्र श्रीपाली

रिपोर्टर:
शिव गौतम

दिनेश अधिकारी

© Copyright © 2023 | Aarthikvoice