• Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
खाता खोल्नुहोस्
खाता खोल्नुहोस्
स्वागत छ! खाताको लागि दर्ता गर्नुहोस्
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Aarthik Voice
  • Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
Everest Bank Card

आईसीटी सीप विकासमा योगदान पुर्‍याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित

Aarthik voice

Aarthik voice

२३ पुष २०८२, बुधबार २१:३६

219 Shares

facebook sharing button Share twitter sharing button whatsapp sharing button linkedin sharing button messenger sharing button
काठमाडौँ । नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र यसको उच्च नेतृत्वलाई सम्मान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनभीटीए) को दोस्रो वार्षिकोत्सवका अवसरमा ललितपुरको भैँसेपाटीमा आयोजित एक विशेष समारोहमा क्यानलाई सम्मान गरिएको हो ।
समारोहमा क्यान महासंघलाई संस्थागत रूपमा र व्यक्तिगत रूपमा महासंघका दुई पदाधिकारीलाई सरकारका तर्फबाट प्रशंसा–पत्र र सम्मान–पत्र प्रदान गरिएको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीलाई व्यावसायिक आईसीटी प्रशिक्षणको जग बसाल्न र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा तथा महासचिव चन्द्र विलास भुर्तेललाई पाठ्यक्रम मस्यौदा उपसमितिको संयोजकको रूपमा प्रशंसनीय कार्य गरेकोमा सम्मानित गरिएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी, श्रम सचिव एवं राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिका अध्यक्ष डा। दीपक काफ्ले र प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखतीले महासंघलाई संयुक्त रूपमा सम्मान वितरण गरे ।
क्यानका वरिष्ठ उपाध्यक्ष अधिकारीले महासचिव रहँदा सुरु गरेको ‘हातमै सीप’ को अवधारणालाई यस सम्मानको मुख्य आधार मानिएको छ । परम्परागत प्रमाणपत्रमुखी शिक्षाभन्दा माथि उठेर सफ्ट स्किल्स र व्यावसायिक प्राविधिक सीपलाई एकीकृत गर्ने उनको भिजनले उद्योगको ध्यान सर्टिफाइड मात्रै नबनाई अनिवार्य योग्य हुनुमा केन्द्रित गरेको छ । यसले नेपाली प्रशिक्षार्थीहरूले उद्योगको मापदण्ड अनुसार वास्तविक सीप प्राप्त गर्ने सुनिश्चित गरेको महासंघको भनाइ छ ।
आर्थिक वर्ष २०८१/०८२ मा एनभीटीए र क्यान महासंघबीचको सहकार्यमा श्रम बजारको मागलाई सम्बोधन गर्ने गरी कम्प्युटर क्षेत्रका दुईवटा आधारभूत सीपमूलक पाठ्यक्रमहरू तयार पारिएका थिए । यी कार्यक्रमहरू दक्ष जनशक्ति उत्पादनलाई प्रत्यक्ष रूपमा आर्थिक आवश्यकता र रोजगारीसँग जोड्ने उद्देश्यले डिजाइन गरिएका हुन् ।
सम्मान ग्रहण गर्दै क्यान महासंघले आगामी दिनमा पनि सरकारसँग मिलेर सूचना प्रविधि क्षेत्रको सीप विकास र रोजगारी सिर्जनामा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । नेपाली श्रमशक्तिलाई विश्वव्यापी डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन महासंघले आफ्ना कार्यक्रमहरूलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ ।
द्यष्वबथब


एक उत्तर छोड्न उत्तर रद्द

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
तपाईले गलत ईमेल ठेगाना प्रविष्ट गर्नुभएको छ!
कृपया तपाईंको इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्

सम्बन्धित लेखलेखक बढी

क्यान महासंघद्वारा ई-कमर्स निर्देशिका २०८२ का लागि सुझाव पेश : जेल सजाय हटाउन माग

ई-गभर्नेन्स ब्लुप्रिन्टः क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा सुझाव

चिरञ्जीवी अधिकारी सर्वसम्मत रूपमा क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा सरोकारवालासँग छलफल

नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित क्यान महासंघको रणनीतिक योजना

क्यान महासंघले सरकारलाई बुझायो एआई नीति सुधारका लागि रणनीतिक सुझाव

स्पेसल-न्युज

अधिक तरलताको प्रभाव र उचित व्यवस्थापन

नागरिक एपको उपयोगिता बढ्दै, यस्ता छन् फाइदाहरु

आगामी बजेटमा ठूलो जनअपेक्षा, ‘हातमा काम, गोजीमा दाम’ हुने गरी ल्याउन विज्ञको सुझाव

ट्रेड युनियन खारेज गर्दै सरकार, युनियनहरु विरोधमा, विज्ञ भन्छन् “सन्तुलित बाटो रोजौँ”

माछापुच्छ्रे बैंकको खुद नाफा ५०.४३ % ले बढ्यो,वितरणयोग्य मुनाफामा पनि उल्लेख्य वृद्धि

निष्क्रिय तथा खराब कर्जा असुली रणनीति, व्यवस्थापन र समाधानका उपायहरू : निरञ्जन पौडेल

ताजा

  • जथाभावी लिमीट दिने ब्रोकरलाई कारबाही गर्ने नेप्सेको चेतावनी, यस्तो छ सुचना
  • विकल पौडेल दम्पत्ति विरुद्ध ६९ करोड बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर
  • गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र केडिसीमा आकर्षक छुट
  • संगठित अपराध कसुरमा निर्माण व्यवसायी गौली पक्राउ
  • विपक्षी दलहरू सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी
  • छिटो काम गर्न अध्यादेशको बाटो रोज्यौं, सरकारको नियत सफा छ : रास्वपा
  • नेप्से परिसूचक २५.८१ अंकले घट्यो, रिलायन्स स्पिनिङको सर्वाधिक सेयर खरिदबिक्री
  • सरकारलाई कांग्रेस सभापतिको चेतावनी, ‘हेपाहा प्रवृत्ति स्वीकार हुँदैन’

ट्रेन्डिङ

  • गोविन्द पन्थको १४ वर्षे बीमा यात्रा, यस्ता छन् संघर्षदेखि सफलतासम्मका अनुभव
  • सन लाइफ इन्सोरेन्सले ६९औँ सहकारी दिवस अवसरमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन
  • वचन बचत तथा ऋण सहकारीलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त
  • दीपक र सुलभले पुँजी बजारमा यसरी गर्थे चलखेल, सेबोनको रिपोर्टले खोल्यो रहस्य
  • अस्पताल जाने भन्दै घरबाट निस्किएकी महिला ३ दिनदेखि सम्पर्कविहीन
  • कबिर सन्त सत्सङ मन्दिर उद्घाटनसँगै योग साधना वार्षिक उत्सव सम्पन्न
  • यस्ता छन् आजको मन्त्रीपरिषद् बैठकका निर्णयहरु
  • नियो बैंक र भर्चूअल बैंक बीच के फरक छ ?, यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

Facebook Page

Facebook

शेयर

  • जथाभावी लिमीट दिने ब्रोकरलाई कारबाही गर्ने नेप्सेको चेतावनी, यस्तो छ सुचना
  • नेप्से परिसूचक २५.८१ अंकले घट्यो, रिलायन्स स्पिनिङको सर्वाधिक सेयर खरिदबिक्री
  • याम्बालिङ्ग हाइड्रोको आईपीओ खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
  • सेयर बजारमा गिरावट, २१३ कम्पनीको मूल्य घट्यो
  • ग्लोबल आइएमई बैंकको खुद नाफा ४ अर्ब ४० करोड, लाभांश क्षमता १०.५० प्रतिशत
  • पुँजी बजारमा स्थिरता ल्याउन आवश्यक, लगानी भित्र्याउने सरकारको योजना
  • नेप्से उकालो यात्रामा, यी ३ कम्पनीको मूल्य १५ प्रतिशतले बढ्यो
  • अविरल हाईड्रोले आईपीओ निष्कासन गर्ने, कहिले छ साधारण सभा ?

आर्थिक भ्वाइस मिडिया एण्ड रिसर्च प्रा.लि.

सूचना विभाग दर्ता नम्बर:४००४-२०७९/८०

सम्पर्क ठेगाना : अनामनगर, काठमाडौं

फोन : 9851259881

[email protected](for Admin)

[email protected]( for News)

सञ्चालक/सम्पादक:
बिजय फुयाँल

डेक्स:
केशव राज अवस्थी

सल्लाहकार:
ई. प्रवीण अर्याल

सह-सम्पादक:
जसिन्द्र श्रीपाली

रिपोर्टर:
शिव गौतम

दिनेश अधिकारी

© Copyright © 2023 | Aarthikvoice