काठमाडौँ। साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ यस दिन बजार ३२.१६ अंकले घटेर २५९६.७४ को विन्दुमा कायम भएको छ ।

आज २ करोड १५ लाख कित्ता सेयर ९ अर्ब १४ करोड ५८ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२५ वटा कम्पनीको घटेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा ९.९८ प्रतिशतले सर्किट लागेको छ ।

उक्त दिन सबैभन्दा बढी दोर्दी खोला जलविद्युत कम्पनीको ङादी ग्रुप पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ७५ करोड ७३ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, कारोबार रकमको आधारमा बुटवल पावर कम्पनीको ७४ करोड ५८ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री सहित दोस्रो स्थानमा रहेको छ । भने उक्त दिन राधी विद्युत् कम्पनीको ४९ करोड ७२ लाख ८२ हजार रुपैंया र सानिमा माई हाइड्रोपावरको ४६ करोड ५६ लाख ९१ हजार रुपैयाँ कारोबार भएको छ ।