काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरू परिवर्तन भएपछि कम्पनीको सञ्चालक समिति पुनर्गठन गरिएको छ।

कम्पनीका अनुसार यसअघि रहेका सञ्चालकहरू गोल्छा, शाहिल अग्रवाल र रोहित गुप्ताको स्थानमा क्रमशः उदय कुमार निरौला, दिपेन्द्र कुमार मिश्र र पृथ्वी राज थापालाई नयाँ सञ्चालकका रूपमा ल्याइएको छ।

कम्पनी सचिव सन्तोष केसीका अनुसार यी नियुक्तिहरू चैत २६ गतेदेखि लागू हुने गरी आगामी वार्षिक साधारणसभा सम्पन्न नहुँदासम्मका लागि मान्य रहनेछन्।

यससँगै, सञ्चालक समितिको अध्यक्ष पदमा नव–नियुक्त सञ्चालक उदय कुमार निरौलालाई चैत २५ गतेदेखि लागू हुने गरी जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।