काठमाडौँ । चेक अनादरसम्बन्धी मुद्दामा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रुपन्देहीका दिपक भण्डारी, बरगत ओली, धर्मराज भण्डारी र अर्घाखाँचीका सूर्यबहादुर केसी रहेका छन्।
उनीहरूविरुद्ध रुपन्देही जिल्ला अदालतले चेक अनादर मुद्दामा जरिवाना तोकेको थियो। अदालतको फैसलाअनुसार दिपक भण्डारी र धर्मराज भण्डारीलाई २ हजार रुपैयाँ, बरगत ओलीलाई ३ हजार रुपैयाँ र सूर्यबहादुर केसीलाई १ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै रुपन्देही जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।







