धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हाे ।

भदौ १ गतेका दिन सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पही जिल्लामा ओल्के पर्व मनाउने चलन छ । ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ ।

आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो/मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।