काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमीटेडले आजदेखि १ बराबर १ को अनुपातमा हकप्रद शेयर निश्कासन गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर खरीदका लागि आगामी असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले १०० रुपैयाँ दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीका लागि निश्कासन गरिएको हो ।
हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड पुग्नेछ ।
कम्पनीले हकप्रद सेयर निश्कासन प्रयोजनका लागि गत साउन २६ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ साउन २५ गतेसम्म यो कम्पनीको सेयरधनी कायम भएकाहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयर निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमीटेड रहेको छ ।






