काठमाडाैं । नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासकाे वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीले १३ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीकाे ४ करोड ८२ लाख रुपैयाँ घाटा थियो ।

समीक्षा अवधिमा कम्पनीले २६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २८.३६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २० करोड २६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको समीक्षा अवधिमा सञ्चालन मुनाफा १७७.०३ प्रतिशतले बढेर ७ करोड १५ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ५८ लाख रुपैयाँ थियो ।

चुक्तापुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको रिनेन्ड अर्निङ ५० करोड ९५ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । अघिल्लो वर्ष पनि रिनेन्ड अर्निङ ५१ करोड ८ लाख रुपैयाँले ऋणात्मक थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.१४ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको ईपीएस १०.४६ रुपैयाँले ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.५३ रुपैयाँ रहेको छ ।