काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अझै २४ वटा कम्पनीले वित्तीय विवरण पेस नगरेको पाइएको छ। सूचीकृत संगठित संस्था (कम्पनी)मध्ये अझै २४ वटाले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण धितोपत्र बोर्ड (सेबोन)मा पेस नगरेको पाइएको हाे।

धितोपत्र बोर्डले सार्वजनिक गरेकाे तथ्यांकअनुसार २४ वटा कम्पनीले अझै गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण पेस गरेका छैनन्। समयमै वित्तीय विवरण पेस गर्नेमा १३९ वटा कम्पनी छन् भने ढिलो गरी पेस गर्नेमा ६४ वटा छन्।

ढिला गरी वित्तीय विवरण पेस गर्नेमा एउटा विकास बैंकसहित होटेल तथा पर्यटन समूहमा ३ वटा कम्पनी, जलविद्युत समूहका २८ वटा कम्पनी, जलविद्युत समूहका ३ वटा कम्पनी, २ वटा जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन समूहका ४ वटा कम्पनी, १८ वटा लघुवित्त, र ५ निर्जीवन बीमा कम्पनी ६४ वटा कम्पनी छन्।

धितोपत्र बोर्डको तथ्यांकअनुसार समयमै वित्तीय विवरण पेस गर्नेमा १९ वटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १३ वटा फाइनान्स कम्पनी, होटेल तथा पर्यटन समूहका ३ वटा कम्पनी, ४१ वटा जलविद्युत, लगानी समूहका ३ वटा, ६ जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन समूहका २ वटा कम्पनी, ३१ वटा लघुवित्त, ७ निर्जीवन बीमा कमपनी, अन्य तथा व्यापार समुहका १–१ वटा कम्पनी छन्।