काठमाडौं । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । गौशालाको पिके डायग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरमाथि चक्कु प्रहार भएको हो ।

प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले उनीमाथि चक्कु प्रहार भएको जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा पुगेको बताए । साथै घटनास्थलबाट एक थान पेस्तोल कटुवा पेस्तोल र गोली पनि बरामद भएको उनले बताए ।

उनका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेका र उनको खोजी भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ ।