काठमाडाैं । चीनको ग्वाङडोङ प्रान्तमा चक्कु प्रहारबाट ६ जनाको ज्यान गएको छ । स्थानीय समयानुसार सोमवार बिहान ७.४० बजे ग्वाङडोङ प्रान्तको एक ‘प्रि स्कुल’मा चक्कु आक्रमण भएको बीबीसीले जनाएको छ ।
मारिनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेको समाचारमा उल्लेख छ । प्रहरीले आक्रमण नियोजित भएको बताएको छ।
समाचारमा जनाइएअनुसार घटनामा संलग्न आरोपमा २५ वर्षीय युवकलाई पक्राउ गरिएको छ । आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।