काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले नेपाल पुनर्बीमा कम्पनी (NRIC, नेपाल रि) कम्पनीको इक्रा एनपि डबल ए माइनस रेटिङ(ICRANP-IR AA-) लाई निरन्तरता दिएको छ। नेपाल पुनर्बीमा कम्पनीको वित्तीय दायीत्व पुरा गर्न सक्ने क्षमता सबल देखिएको जनाउँदै इक्राले पुरानै रेटिङलाई निरन्तरता दिएको हो ।
डबल ए माईन्स रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस माइनस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।
क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रुपमा राय दिइन्छ ।
इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो ।
A.264-Nepal-Reinsurance-Company-Limited-_May-2023_Final