काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारी दरखात फारम असोज २३ गतेसम्म भर्न पाइनेछ । कम्पनीले ६ वटा ब्रान्च तथा उप ब्रान्चका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ ।

कम्पनीले वीरगंज प्रदेश शाखा कार्यालयका लागि १ जना, कटारी उप शाखाका लागि केही, धरान शाखा कायाृलयका लागि, चपुर शाखा कार्यालयका लागि, दमौली शाखा कार्यालयका लागि र जनकपुर उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले यी विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि डेपुटी म्यानेजर, म्यानेजर, जुनियर असिस्टेन्ट, सिनियर असिस्टेन्ट, अफिसर, जुनियर तथा सिनियर अफिसर पदहरुका लागि कर्मचारी माग गरेको हो ।