काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट बिहिवार राति २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।

आफ्ना नागरिकको उद्धारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।

नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग कुार गर्दै परराष्ट्रमन्त्री साउदले नेपालीहरुको सुरिक्षत राख्न इजरायल सरकार समर्पित पाएको बताए ।

आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आए पनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरु अधिकारीसँग भेट भएको बताए । उनले अघि भने , ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’

परराष्ट्रमन्त्री साउदले आज नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको र अन्य नेपालीहरुलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने बताए ।

उनले मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै नियमित र चार्टर उडानमार्फत नेपालीहरुलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाए । उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् ।