काठमाडौं । सन् २०२३ मा दक्षिण एसियाली मुलुकहरुको मुद्रास्फीति (बजार महँगी) सरदर ८.१ प्रतिशत हारहारी रहने प्रक्षेपण गरिएको छ । एशियन डेपलमेन्ट आउटलुकले गरेको प्रक्षेपण अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष दक्षिण एशियाली राष्ट्रहरुको मुद्रास्फीति ०.१ प्रतिशतको विन्दुले घट्ने देखिएको हो ।

यद्यपि, कोभिड–१९ लगत्तै शक्ति राष्ट्र रुस र युक्रेन युद्धमा होमिएसँगै विश्व अर्थतन्त्रमा प्रभावित हुँदा उच्चदरमा महँगी बढ्न पुगेको छ । क्रमशः अर्थतन्त्र सुधार हुँदैगर्दा सन् २०२४ मा यस्तो मुद्रास्फीति ५.८ प्रतिशतको विन्दुमा झर्ने डेपलमेन्ट आउटलुकको प्रक्षेपण छ ।

पाकिस्तानको मुद्रास्फीति २७.५ प्रतिशत

जारी रिपोर्ट अनुसार यस वर्ष दक्षिण एशियाली मुलुकहरु मध्ये सबैभन्दा बढी मुद्रास्फीति पाकिस्तानको रहनेछ । अघिल्लो वर्ष जम्मा १२.२ प्रतिशत मात्र रहेको देशको मुद्रास्फीति यो वर्ष २७.५ प्रतिशत रहने अनुमान गरिएको छ । यस्तै, चरम आर्थिक संकटमा फसेको श्रीलंकाको मुद्रास्फीति २४.६ प्रतिशत रहने अनुमान गरिएको छ ।
तेस्रो स्थानमा बंगलादेशको मुद्रास्पफीति ८.७ प्रतिशत रहने प्रक्षेपण गरेको डेपलमेन्ट आउटलुकले नेपाललाई चौथो स्थानमा राख्दै यस वर्षको मुद्रास्फीति ७.४ प्रतिशतको हारहारीमा रहने अनुमान गरेको छ ।

यता भुटान, इन्डिया र माल्दिभ्स्को भने क्रमशः ५.५ प्रतिशत, ५ प्रतिशत र ४.५ प्रतिशत रहने अनुमान गरेको छ । दक्षिण एशियाली राष्ट्रहरु मध्येकै एक अफगानिस्तानको मुद्रास्फीति भने यस वर्ष कति रहन्छ अनुमान गरेको छैन । अघिल्लो वर्ष अफगानिस्तानको मुद्रास्फीति सबैभन्दा उच्च १३.८ प्रतिशत हारहारी रहेको थियो ।
तथ्याङ्क तालिका :