काठमाडौँ । भूकम्पका कारण जाजरकोटमा ९ हजार भन्दा बढी घर पूर्णरुपमा भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ।
प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो ।
यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ । जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् ।
भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ ।