काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट भूकम्पका पीडितका लागि सहयोग गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेेकाे हाे ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णयको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको थियाे ।