काठमाडौँ । ४६औँ इफाप्का सम्मेलनको बुधवार उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।
मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भौतिक पूर्वाधारको विकासमा सरकारको पर्याप्त ध्यान पुग्नुपर्ने बताएका छन् ।
जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सतर्कता अपनाउनु जरुरी रहेको राष्ट्रपति पौडेल भनाई छ ।
उनले प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास गरेका मुलुकहरूले नै आर्थिक प्रगति गरेको बताउँदै भौतिक पूर्वाधारको विकासलाई विशेष ध्यान दिनुपर्ने समय आएको बताएका छन्।