/fi6« a}+ssf ueg{/ clwsf/L g]kfn /fi6« a}+ssf ueg{/ dxfk|;fb clwsf/L /fi6« a}+sn] dËnaf/ cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf d'n'ssf] jt{dfg cfly{s tyf ljQLo cj:yfaf/]df hfgsf/L lbg'x'Fb} . tl:a/M gjLg kf}8]n÷/f;;

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो पाँच महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनाको तथ्यांअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ । यस्तै आयात ३.४ प्रतिशत, निर्यात ६.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख गरिएको छ ।

नेपाल सरकारको खर्च रु.४५३ अर्ब र राजस्व परिचालन रु.३६३ अर्ब ४३ करोड रहेको छ भने विस्तृत मुद्राप्रदाय ४.७ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.४ प्रतिशतले बढेको छ ।

यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.६ प्रतिशतले र अमेरिकी डलरमा २४.५ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ । यस्तै शोधनान्तर स्थिति रु२१० अर्ब ५९ करोडले बचतमा रहँदा कुल विदेशी विनिमय सञ्चिति रु १७६७ अर्ब ४ करोड र अमेरिकी डलरमा १३ अर्ब ३१ करोड रहेको बैंकको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.६ प्रतिशतले बढेको भने निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

Press Communique for CME 2079 Chaitra FINAL c