काठमाडौं । एनएलजी इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस अवधिमा ८ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.९६ प्रतिशतले बढी हो ।गत वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी ६.०४ प्रतिशतले बढेर ३१ करोड ३५ लाख रुपैयाँ पुगेको छ । यस्तै, लगानी तथा कर्जा आम्दानी पनि ६.८३ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीको बिमा कोषको आकार पनि ३६.६१ प्रतिशतले बढेर २ अर्ब ८९ करोड रुपैयाँ भएको छ । यस्तै ,कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङ शीर्षकमा १२ करोड ८० लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ पुगेको छ । त्यस्तै ,कम्पनीको प्रतिसेयर नेटवर्थ २१४.५६ रुपैयाँ छ ।






