काठमाडौं । एनएलजी इन्सुरेन्सको विशेष साधारण सभा आज (कात्तिक ७ गते) सम्पन्न भएको छ । आम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बसेको सभाले ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
यस अघि कम्पनीलाई ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । बोर्डले कम्पनीलाई १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ ।
हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।






