काठमाडौं । चालू आर्थिक वर्षमा निरन्तर वैदेशिक व्यापार घटिरहेको छ। माघ मसान्तसम्ममा गत वर्षको तुलनामा २ दशमलव ७५ प्रतिशतले वैदेशिक व्यापार घटेको हो।
गत वर्ष १० महिनामा नेपालले १० खर्ब १२ अर्ब रुपैयाँबराबरको व्यापार गरेकामा यो वर्ष सोही अवधिमा ९ खर्ब ८४ अर्ब रुपैयाँको मात्र भएको छ। यो वर्ष १० महिनामा ८६ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ। गत वर्ष यही अवधिमा ९३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो।
त्यस्तै भन्सार विभागको माघ मसान्तसम्मको सार्वजनिक विवरण अनुसार ७ महिनाको अवधिमा नेपालको निर्यात पनि ७.०७ प्रतिशतले ओरालो लागेको छ । सो अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ।
गत वर्षको ७ महिनाको अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । सो अवधिमा नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ ।
गत वर्षको यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । विभागका अनुसार माघ मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबर रहेको छ ।







