काठमाडौँ। औषधि व्यवस्था विभागले निम्न तीन प्रकारको औषधि प्रयोग नगर्नका लागि आग्रह गरेको छ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर भएका यी तीन औषधिको प्रयोग र बिक्री वितरणमा रोक लगाएको जानकारी दिएका छन् ।

ढकालका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधि न्यून गुणस्तरको पाइएको हो ।

विभागले यी तीन प्रकारका औषधीको बिक्री वितरणमा रोकसमेत लगाएको छ । ढकालले माथि नाम उल्लेखित औषधि बजारमा भएको खण्डमा तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिएको जानकारी दिएका छन्।