काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोरङमा मृत अवस्थामा भेटिएका छन्। धनपालथान गाउँपालिका-३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् ।

बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रशासनले जानकारी दिएको छ ।

‘बाहिर झ्यालबाट हेर्दा झुण्डिएको देखिन्छ, तर कोठा भित्र प्रहरी टोली प्रवेश गरेको छैन’, उनले भने, ‘परिवारका सदस्यलाई बोलाएका छौं, उहाँहरु आएपछि मात्रै भित्र पस्छौं ।’