काठमाडौँ। चालु आर्थिक वर्षको ७ महिनासम्मको अवधिमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएर ८ खर्ब ३९अर्ब पुगेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याकंले यस्तो देखाएको हो ।गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

त्यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या २४७,०१२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १५८,५४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३१४,७६७ र १६७,७०८ रहेको थियो ।

माघ मसान्तसम्ममा खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई ९१० अर्ब ७४ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही समय अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।