काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले आज जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहेनछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ ।