काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याल समक्ष यस्तो रुलिङका लागि आग्रह गरेका हुन् ।

तर सभामुखले रुलिङको सट्टा राजनीतिक संवादमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखेका छन् । साथै प्रधानमन्त्रीको आजको कार्यसूचीमा उपस्थिति सम्भव नभएको जानकारी दिँदै रुलिङ नगर्ने संकेत दिएपछि कांग्रेस सांसदहरू विरोधमा उत्रिएका छन् ।