काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले बैठकमा उपस्थित नभएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । निर्धारित समयमा अर्थमन्त्री नआएपछि केही समयका लागि स्थगन गरिएको बैठक लामो समयसम्म पनि पुनः सुरु हुन सकेको छैन ।
उता प्रतिनिधिसभामा पनि अवरोध देखिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित भएको भन्दै विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् ।
प्रधानमन्त्रीको उपस्थितिबिना सदन सञ्चालन गर्न नसकिने अडान राख्दै विपक्षीले नाराबाजी गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
लगातारको अवरोधका कारण दुवै सदनको कार्यसूची प्रभावित भएको छ ।







