काठमाडौँ । चालु आर्थिक वर्षको २०८-०८१ मा सेयर लगानीकर्ताले ३ अर्ब ७९ करोड पुँजीगत लाभकर तिरेका छन्।
०८० साउनदेखि सोही वर्षको चैत्र महिनासम्मको अवधिमा लगानीकर्ताले कुल ३ अर्ब ७९ करोड २ लाख ९८ हजार ४ सय ६८ रुपैयाँ १४ पैसा बराबरको पुँजीगत लाभकर तिरेका हुन्।
त्यस्तै चैत महिना मात्रै महिनामा लगानीकर्ताले ४८ करोड ३४ लाख ४० हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यो फागुन महिनाको तुलनामा ९.६४ प्रतिशतले बढी हो। फागुन महिनामा लगानीकर्ताले ४४ करोड ९ लाख २० हजार रुपैयाँ लाभकर तिरेका थिए ।
सिडिएसको तथ्याकं अनुसार सरकारलाई चालु आर्थिक वर्षको चैतमा मात्र संस्थागत लगानीकर्ताले ८ करोड ८३ लाख रुपैयाँ तिरेका छन् । फागुनमा भने संस्थागत लगानीकर्ताले ७ करोड ३० लाख तिरेका थिए । चैतमा मात्र अल्पकालीन लगानीकर्ताले २८ करोड ७३ लाख तिरेका हुन् ।
पुस महिनामा ७४ करोड ३९ लाख १३ हजार रुपैयाँ, साउनमा ४० करोड ८ लाख ९१ हजार रुपैयाँ, मङ्सिरमा ३० करोड ५३ लाख २४ हजार रुपैयाँ, असोजमा २१ करोड ९५ लाख ७९ हजार रुपैयाँ, भदौमा १४ करोड ६९ हजार रुपैयाँ र फागुन महिनामा मात्र ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेको थ्याङ्कले देखाएको छ ।







