काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । निरन्तर ओरालो यात्रामा लागेको शेयर बजारमा ब्रेक लाग्दै बजारमा सुधार आएको हो । आज आइतबारका दिन बजार १४.३३ अंकले बढेर १९८० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३०८ कम्पनीको ६८ लाख १४ हजार ४१३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ५३ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ । भने बजारमा सुधार आउँदा १२ वटा उपसूचकमा हरियाली छाएको छ ।
कारोबारका आधारमा आज सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १३ करोड ५ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै कारोबार रकमको आधारमा मल्टिप्रपोज फाइनान्स दोस्रो स्थानमा रहेको छ । फाइनान्सको १० करोड ९९ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।








