काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्धा दायर गरेको छ । यस अघि पनि उनी विरुद्ध मुद्धा दायर भएको थियो । विशेष अदालतमा उनको नयाँ मुद्दा दर्ता भएको हो ।

उनलाई अमेरिकाको पीआर लिएर सरकारी सेवा सुविधा लिएको दोहोरो आरोप लागेसँगै आइतबार मुद्दा दायर गरिएको हो ।

यो भन्दा अघि पौडेललाई अख्तियारले पावर सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङ्कको खरिदमा अनियमितता गरेको आरोपमा मुद्धा दर्ता गराएको थियो । उक्त मुछा दुई अर्ब ६९ करोडको रुपैयाँ बराबरको थियो ।