काठमाडौँ । कुमारी बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम मौका रहेको छ ।
आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ बैंकको जानकारी छ । यसमा न्यूनतम ३३० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौँबाट पेश गर्न सकिनेछ । त्यसै गरी, साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू बिर्तामोड, इटहरी, बर्दिबास, हेटौडा, धादिङ, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, काठमाडौँ, सिराहा, र कैलालीबाट समेत आवेदन दिन बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।







